“मयागाँठो” माथि बर्दियामा परिचर्चा

बाँकेको खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति साहित्यकार डा. इन्द्रबहादुर भण्डारीको कथा सङ्ग्रह “मयागाँठो” माथि परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।

विद्यार्थीका जिज्ञासा लेखकको जवाफ कार्यक्रम अन्तरगत नेपाल राष्ट्रिय मा. वि. लक्ष्मणपुुर बाँसगढी बर्दियामा यो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राज्ञ महाननद ढकालले साहित्यिक गतिविधिहरूले नयाँ सर्जकहरू जन्माउने भएकोले यस्ता कार्यक्रमहरू विद्यालय तथा विश्व विद्यालयहरूमा गर्नु पर्ने बताउँदै पछिल्लो समय बाँके बर्दियामा साहित्यिक गतिविधिहरू बढ्न थालेको देख्दा खुसी लागेको बताए ।

मयँगाँठो कथा सङ्ग्रहको समीक्षा गर्दै समालोचक विष्णु पौडेलले डा. भण्डारीका कथाहरू समसामयिक विषयवस्तुमा केन्द्रित रहेको बताउँदै कथाकारले आफ्ना कथाहरूमा मनोविज्ञानलाई प्राथमिकतामा राखेको बताए । उनले भण्डारीमा सन्दर्भ अनुसारको परिवेश र पात्र छनौटमा विशेष क्षमता रहेको बताए ।

कार्यक्रमका सभापति तथा विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद तिवारीले नेपालको संविधानले स्थानीय भाषा, कला तथा संस्कृतिलाई महत्त्व दिए बमोजिम पछिल्लो समय स्थानीय पाठ्यक्रमको मर्म अनुसार विद्यालयले लेखकहरूलाई विद्यार्थीहरूसङ्ग अन्तरक्रिया गरराउने गरेको बताए।

खजुरा प्रज्ञाप्रतिष्ठान बाँकेका उपकुलपति कथाकार डा. भण्डारीले आयोजक संस्थालाई धन्यवाद दिदै हरेक व्याक्तिसङ्ग भावना हुन्छ त्यही भावनालाई कलात्मक तरिकाले व्यक्त गर्न सके साहित्य बन्ने भएकोले विद्यार्थीहरूलाई लेख्दा तथा बोल्दा कलाको प्रयोग गर्न सुझाव दिए ।

सीता कुमारी चालिसेको सञ्चालन गरेको कार्यक्रममा साहित्यकार तथा ज्ञानोदय बहुमुखी क्याम्पसकी क्याम्प प्रमुख चरित्रा शाह, साहित्यकार कृष्णराज अधिकारी, खिम बहादुर खड्का, बलराम सुवेदी, अमृक चौधरी, खिम राज पहारी, सुशिला रावत लगायत तीन सय बढी विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रममा दर्जन बढी विद्यार्थीहरूले कथाकारसङ्ग दुई दर्जन बढी जिज्ञासाहरू राखेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया