काँचुली फेर्ला त महेन्द्र पुस्तकालय ?

स्थापनाको ७५आंै बर्ष पूरा गरेको नेपालगन्ज स्थित महेन्द्र पुस्तकालयले आफ्नो जीवनको महत्वपूर्ण परिवर्तन गर्ने सम्भावना देखिएको छ ।

आगामी भदौं २८ गते १७औं अधिवेशन मार्फत नयाँ नेतृत्व स्थापना गरी पुस्तकालयले काँचुली फेर्ने तयारी गरेको हो । त्यसका लागि आजिवन सदस्यता खोलेको पुस्तकालयका लागि १६७ जना आजीवन सदस्य थपिएका छन् ।

‘यो पुस्तकालय ऐतिहासिक उपलब्धी हो’, सोमबार पुस्तकालयमा आजीवन सदस्यको सूचि तयार गरिरहेका पुस्तकालय तदर्थ समितिका अध्यक्ष बलराम यादवले दैनिक नेपालगन्जसँग भने, ‘यति धेरै सदस्यहरु थपिएलान् भन्ने हामीलाई लागेको थिएन ।’ उनलाई सघाइरहेका तदर्थ समितिका सदस्य सनत रेग्मीले समाजका विभिन्न वर्ग, समुदायबाट आजीवन सदस्य थपिएकाले उनीहरुबाट पुस्तकालयको स्तरोन्नतीका लागि ठूलो सहयोगको अपेक्षा गरिएको बताए ।

यसअघि ४५ जना आजीवन सदस्य रहेको महेन्द्र पुस्तकालयले ७६औं बर्ष प्रवेशको भव्य कार्यक्रम आयोजना गरेको थियो । तदर्थ समितिले अधिवेशन गरी नेतृत्वलाई पुस्तकालय हस्तान्तरण गर्ने कार्यक्रम छ । त्यसका लागि तदर्थ समितिले नयाँ आजीवन सदस्यताको ढोका खोलेको थियो ।

२०५४ सालदेखि निष्क्रिय प्रायः रहेको पुस्तकालयलाई नयाँ जीवन दिन तदर्थ समिति अधिवेशनको तयारीमा जुटेको हो । २०७८ चैत्र २९ गते यादवको अध्यक्षतामा तदर्थ समिति बनेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया