प्याब्सनमा गुप्ता निर्वाचित

निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन ) केन्द्रियमहाधिवेशनबाट लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै बाँकेका सुनिल कुमार गुप्ता केन्द्रीयसदस्य निर्वाचित भएका छन् ।

प्याब्सनको हालै सकिएको भएको १५ औं  महाधिवेशनबाट गुप्ता सर्वसम्मत निर्वाचित भएका हुन्। २ हजार ३ सय प्रतिनिधि सहभागी महाधिवेशनले आगामी ३वर्षका लागि डिके ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । 


लुम्बिनीबाट केन्द्रिय उपाध्यक्षमा बिष्णु पन्थी ( रुपन्देही ), सचिवमा सुबर्ण न्यौपाने (नवलपरासी ) र यादव गिरि ( दाङ), तथा केन्द्रिय सह–कोषाध्यक्षमा यम बहादुर थापा ( नवलपरासी ), र सह – कोषाध्यक्षमा हेमलाल भुसाल ( रुपन्देही ) निर्वाचित भएका छन् ।
बाँकेका गुप्तासँगै निर्वाचित हुने केन्द्रिय सदस्यहरुमा भरत प्रसाद न्यौपाने ( पाल्पा ), लेखनाथ पौडेल ( रुपन्देही ), सन्तोष अधिकारी ( नवलपरासी ), शिव गैरे ( कपिलवस्तु ), गिर बहादुर भन्डारी ( प्युठान ) छन् ।

प्रतिक्रिया

प्रतिक्रिया