नेशनल प्याब्सनको महाधिवेशन सुरु

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन)को सातौं राष्ट्रिय महाधिवेशन आज आइतबार नेपालगन्जमा सुरु भएको छ । संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले उद्घाटन गर्ने महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै नीतिगत समस्याहरुमा बृहत बहस कार्यक्रममा तय गरिएको छ ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधि शनिबार नेपालगन्ज आइपुगेका छन् । ‘१ हजार ५ सय प्रतिनिधि सहभागिताको विश्वास लिएका छौं’, नेशनल प्याब्सनका सचिव कुसुम रानाभाटले आइतबार विहान धम्बोझीचोकबाट प्रभातफेरी निकालिएको जानकारी दिंदै भने, ‘नेपालगन्जका लागि यो एउटा विशेष अवसर पनि हो ।’

महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । महाधिवेशनमा निजी विद्यालयका समस्या लगायतका बारेमा छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया