बाँकेको साहित्यमा निरन्तर क्रियाशील, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको अध्यक्षमा युवा श्रष्टा कपिल न्यौपाने (अञ्जान) चयन भएका छन् । शनिबार भएको प्रतिष्ठानको चौथो साधारण सभाले न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

शनिबार भएको प्रतिष्ठानको चौथो साधारण सभाले न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
पूर्णिमाको उपाध्यक्षमा सुमित्रा न्यौपाने र प्रदिप भट्टराई, सचिवमा बद्री ढकाल (हिरामणि), सह–सचिवमा खोपीराम ओली, कोषाध्यक्षमा प्रकाश मरासिनी चयन गरिएको छ । सदस्यहरुमा क्रमशः विक्रम शिशिर, मणि गैरे, हेम प्रकाश मंजील, बिमला कुमारी खत्री र निरञ्जना चन्द चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष न्यौपानेले दुई जना सदस्य कार्यसमितिले मनोनित गर्ने जानकारी दिए ।
त्यसअघि प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालको अध्यक्षतामा औपचारिक रुपमा साधारण सभाको आयोजना गरिएको थियो । त्यसै कार्यक्रममा लेखक सागर गैरेको ‘लकडाउन’ पुस्तक विमोचन गरिएको छ ।
