नेपालगन्ज – विद्यालय पाठ्यक्रममा योग शिक्षा समावेश भएपछि नेपालगन्जका शिक्षकहरुलाई योग शिक्षाबारे प्रशिक्षण दिइएको छ । शिक्षकहरुमा योग सीप विकासका लागि तालिम दिइएको हो । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल शिक्षक महासंघ नेपालगन्ज नगरसमितिद्वारा ५ चरणमा शिक्षकहरुलाई योग सिकाइएको हो ।
प्रशिक्षणमा सामुदायिक, संस्थागत, धार्मिक विद्यालय तर्फ सहितका गरि १ सय ६५ जना बढीको सहभागिता रहेको प्रशिक्षण मंगलबार सकिएको छ । तालिमको समापनमा नगर शिक्षा शाखा प्रमुख गोर्ख थापाले योग शिक्षा सीप विद्यालयमा पनि प्रयोग गर्न आग्रह गरे । कार्यक्रममा तालिमका प्रशिक्षक कृष्णा पाण्डे तथा सहयोगी किन्नुराम धर्मशालाका अध्यक्ष नन्दलाल वैश्य, सचिव घनश्याम वैश्यलाई सम्मान पनि गरिएको थियो ।