मेरो टुकीमा बाल दिवस

नेपालगन्ज – मेरो टुकी प्रज्ञालय, नेपालगन्जका बालबालिकाले राष्ट्रिय बाल दिवस २०७६ विविध गतिविधिहरू गरेर मनाएका छन् ।

‘सुनिश्चित बाल अधिकार ः समृद्ध नेपालको आधार’ नारा दिइएको यस वर्षको बाल दिवसमा बालबालिकालाई पोस्टर ,शुभकामना कार्ड आदि बनाउन सिकाउनुका साथै विविध खेल र मनोरञ्जनात्मक गतिविधि गरिएको थियो । कार्यक्रममा अभिनय विधिबाट बालबालिकालाई बालअधिकारबारे जानकारी दिइएको थियो । बालबालिकाको पोषण, संरक्षण, सहभागिता, शिक्षा, मनोरञ्जन, स्वास्थ्योपचार आदि अधिकारहरूको सचेतना दिने उद्देश्यले नृत्य, अभिनय, चित्रकला, खेलकूदका विविध क्रियाकलापमा बालबालिका सहभागी भएका थिए ।

५ वर्षसम्मका बालबालिकाको सहभागितामा उनीहरूको उमेरअनुकूलका मनोरञ्जनात्मक खेलहरू खेलाउनु र प्रशिक्षण दिनु आफैमा चुनौतीपूर्ण र रमाइलो दुवै हुने मेरो टुकी प्रज्ञालयकी संचालिका कल्पना खड्काले बताइन् । ५ वर्षभित्र ९० प्रतिशतभन्दा बढी मस्तिष्कको विकास भइसक्ने हुनाले यो उमेरका बालबालिकामा खेलखेलमै सकारात्मक धारणा, प्रेरणा र व्यवहारिक सीप सिकाउन यस्ता दिवसहरूलाई अवसरका रूपमा लिने गरेको उनको भनाइ थियो ।
मेरो टुकी प्रज्ञालयले समयसमयमा बालबालिकाको प्रत्यक्ष सहभागितामा व्यवहारोपयोगी क्रियाकलाप गर्दै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया