राकाठमाडौं – राष्ट्रिय पुस्तक मेला २०७६ नेपालमा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको संस्था शिक्षा नेपालले सन् २०१२ देखि ‘राष्ट्रिय पुुस्तक मेला’ आयोजना गर्दै आईरहेको छ । “आपू पढौं र अरुलाई पढ्न सघाऔं” भन्ने नाराका साथ यो वर्षको सेप्टेम्बर १३–१४ तारिखसम्म दुई दिने यो मेलामा दश हजार नेपालीले पुस्तक किन्नेछन् साथै थुप्रै किताबसम्बन्धी स्टलहरू अवलोकन गर्न र रमाउन सक्नेछन् । मेलामा सहभागि हुनेले साथमा एक किताब ल्याएको हुनुपर्ने छ ।
साथमा ल्याउन बिर्सनुहुनेले मेलामै किताब किनेर मुख्य कार्यक्रममा सहभागी हुन सकिनेछ । मेलाको आयोजनामा संलग्न १०० स्वंसेवक युवाहरूले हजारौँ सहभागीमाझ साहित्यिक तथा साङ्गीतिक प्रस्तुतिहरू दिनेछन् । चर्चित साहित्यकार, कलाकार तथा विभिन्न क्षेत्रमा संलग्न किताबप्रेमीहरूको सहभागितामा यो मेला प्रज्ञाप्रतिष्ठानको भानुभक्त हलमा दुई दिनसम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म लाग्नेछ ।
योे इभेन्ट भन्दा एक महिना अगाडी नै देखि सय जना युवाहरुले १०,००० बालकथाका किताबहरु संकलन गरिसकेका छन् भने दुई दिनमा थप बालकथाका किताबहरु संकलन हुनेछ जुन किताबहरु दुर्गम गाउँका बालबालिकाहरूको हातमा पुर्याउनेछौं ।एक किताब अभियानको लक्ष्य सन् २०३० सम्ममा एक करोड बालकथाका किताबहरू बाँड्ने रहेको छ । यसबाट हजारौँ विद्यालयहरूमा एक बालपुस्तकालय स्थापना हुनेछ । यस अघि नै एक लाख किताबहरू नेपालको १४ जिल्लाका एक सय स्कुलहरूका नानीहरूको हातमा पुुगिसकेको छ ।