नेपालगन्ज – नेपालगन्जमा ग्राण्ड अष्ट्रेलियन एजुकेसन सेमिनार हुनेभएको छ। एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको आयोजनामा भाद्र २७ गते नेपालगन्जमा सेमिनार हुने भएको छ ।
एक्सपर्टले यसै सेमिनारको बारेमा बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया जानको लागि के के कुराको आवश्यक तथा कुन कुन प्रक्रिया चाल्नुपर्छ भन्ने जानकारी दिने उद्देश्यले ग्राण्ड सेमिनार गर्न लागिएको एक्सपर्ट नेपालगन्जका शाखा प्रबन्धक ईश्वरी प्रसाद आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।
आचार्यका अनुसार सेमिनारमा अस्ट्रेलियाका ८ वटा ख्यातिप्राप्त कलेज तथा विश्व विद्यालयका प्रतिनिधिहरुले अष्ट्रेलियन शिक्षा प्रणाली , कलेज तथा विश्वविद्यालयमा पढाई हुने विभिन्न बिषय तथा शुल्कका बारेमा जानकारी गराउने छन् ।
उक्त कार्यक्रमका सहभागीहरुले प्रत्यक्ष रुपम अस्ट्रेलियाका विभिन्न कलेज तथा विश्व विद्यालयका प्रतिनिधिहरुसँग परामर्श सेवा प्राप्त गर्नुका साथै अस्ट्रेलिया जानका लागि आवश्यक सम्पुर्ण प्रक्रियाहरुको बारेमा जानकारी प्राप्त गर्नेछन। सेमिनार कार्यक्रम भाद्र २७ गते शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सन्चालन हुनेछ ।