नेपालगन्ज – स्प्रिङ डेल एकेडेमी नेपालगन्जका १३ जना विद्यार्थीहरुले पौडी खेलको एशियाली गेम्समा सहभागी हुन छनोट चरणको प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल पौडी संघले आगामी भदौ २४ र २५ गते काठमाडांैमा आयोजना गर्ने छनोट चरणमा प्रतिस्पर्धा गर्नका लागि शनिबार त्यसतर्फ लागेको विद्यालयका प्राचार्य शरद रावलले जानकारी दिएका छन् ।
काठमाडौंमा हुने ८–१४ उमेर समूहको छनोट चरणमा सफल हुने खेलाडीहरुले एशिया स्तरीय पौडी खेलमा सहभागिता जनाउन पाउने छन् । स्पिङ डेलका विद्यार्थीहरुले ललितपुरमा आयोजना हुने इन्टर स्कुल ए कप स्विमिङ प्रतियोगितामा पनि सहभागिता जनाउने छन् ।