जिल्ला स्तरीय लैगिंक शिक्षा सञ्जाल गठन


बााँकेे ,११ साउन ।
शिक्षामा सबैको पहुच पु¥याउने उद्देश्यले जिल्ला स्तरीयल लैगिंक शिक्षा सञ्जाल गठन गरिएको छ । डेक नेपाल बाकँेले शनिवार नेपालगंजमा सरोकारवाहरुविच एक कार्यक्रमको आयोजना गरि सञ्जाल गठन गरेको हो ।

नव गठित सञ्जालको संयोजकमा पुष्प प्रसाद उप्रेती, उप— संयोजकमा टिका कुमारी विक, सदस्य सचिवमा रितिक शाही चयन भएका छन् । यस्तै सदस्यहरुमा आशा मिश्र, सपना परियार, मीना रावत, आब्दा दर्जी, मोहनलाल सोनकर, अमर ब. वुढामगर, श्याम कुमारी मगर, पुनम यादव, हिरा खत्री , रितु सिंह चयन भएका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाकँेका अध्यक्ष अजय कुमार श्रिवास्तवले शिक्षा पाउन बाट कोहि पनि नछुटुन भनेर सञ्जालले काम गर्नु पर्ने बताए । उनले सकारात्मक उपलब्धीका लागि काम गर्ने सबैलाइ आफुले पनि सहयोग गर्ने भन्दै सक्रीय भएर काम गर्न सञ्जाललाइ सुझाव दिए । सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले उपलब्धी देखिने गरि काम गर्न सञ्जाललाइ सुझाव दिए । उनले नियम वनाइ जिम्मोबारीका साथ शिक्षाको क्षेत्रमा काम गर्नुपर्ने धारणा राख्दै आफनो तर्फबाट पनि सहयोग गर्ने बताए । यस्तै शिक्षा विकास तथा समन्वय इकाइका अराम सुरेश यादवले पढदा पढदै विभिन्न समस्याले शिक्षाको पहुचवाट किशोरीहरु बाहिरिने हुदा यस्को रोकथाम र दिगोपनाकालागी सञ्जाल र आफुहरु पनि सगंै जानुपर्ने धारणा राखे । नेपालगंज उपमहानगर पालीकाका महिला विकास अधिकृत सावित्रा शाहले विभिन्न दिवसहरु मनाउदा सगंै हातेमालो गरेर मनाउने र लैगिंक शिक्षाको क्षेत्रमा सञ्जाललाइ सयोग गर्ने प्रतिवद्धता पनि जनाइन ।

राष्ट्रिय अपाङ्ग महासघं केन्द्रीय सचिव भावुक जगं थापाले सञ्जाललाइ शिक्षामा पनि लैगिंकताको पनि समावेश हुने गरि काम गर्न सुझाव दिनुभयो । राष्ट्रिय अपाङ्ग महासघं प्रदेश नं. ५ का अध्यक्ष तथा डेक नेपालका कार्यकारी निर्देशक देविदक्त आचार्यले शिक्षामा लैगिंक समानताका लागि सञ्जाल गठन गरिएको जानकारी दिए । उनले शिक्षाको क्षेत्र सगंै लैगिंकता र अपाङ्गताको क्षेत्रमा पनि सञ्जालले काम गर्ने बताए । डेक नेपालका कार्यक्रम प्रबन्धक जिवन गिरिले कार्यक्रमको उद्देश्य र सञ्जालको काम कतव्र्य र अधिकारका बारेमा जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन रामलाल चौधरीले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया