आवश्यकता अनुसारको प्राविधिक शिक्षा

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमहरु निजी क्षेत्रको आवश्यकता अनुसार निर्देशित हुनु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्को आयोजनामा नेपालगन्जमा बुधबार देखि सुरु भएको ३५ औ ब्यबस्थापन समिक्षा कार्यक्रममा बोल्ने सहभागीहरुले आवश्यकता अनुसार तालिम तथा शिक्षा दिइनुपर्ने धारणा राखेका हुन् ।

 

प्राविधिक तथा व्यवसायिक तालीमकाका सदस्य सचिव पुष्प रमण वाग्लेले निजी क्षेत्र वा रोजगारदाताको आवश्यकता अनुसार जनशक्ति तयार हुनुपर्नेमा जोड दिए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले मात्र अहिले यस्ता तालीम दिँदै आएको चर्चा गर्दै उनले ती तालीमहरु भित्तामा प्रमाणपत्र झुड्याउने काममा मात्र प्रयोग हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।

 

‘सिटिइभिटीले आफ्नोतर्फबाट सक्दो गरेको छ तर त्यहाँ बजारको आवश्यकता अनुसारको तालीम उपलब्ध छैन’, उनले भने,‘ अबका तालीमहरु रोजगारदाताको आवश्यकता अनुसारको हुनैपर्छ । कार्यक्रममा बा“केका सहायक प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले पाठ्यक्रममार्फत गुणस्तरीय जनशक्ति उत्पादन हुने र औद्योगिककरणमा योगदान पुर्याउने आशा व्यक्त गरे । उनले अहिलेको पाठ्यक्रम विकास समय सापेक्ष बनाउदै पाठयक्रमलाई व्यवहारिक बनाई रोजगारीको सुनिश्चितता गर्नुपर्ने धारणा व्यक्त गरे । कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष नागेन्द्र शाहले नेपालमा तालीम प्राप्त जनशक्तिको अन्तर्राष्ट्रिय मापडण्ड अनुसार वर्गीकरण हुन नसक्दा समस्या भएको बताए ।

 

कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बजारमा दक्ष जनशक्तिको अभाव भएको बेला प्रविधियुक्त जनशक्तिले उपलब्धीमूलक काम गर्ने बिश्वास ब्यत्त गरे । ‘हामीकहाँ काम सिक्न वा विदेश जाने सर्टिफिकेटका लागि काम गर्नेलाई काममा लगाउनु पर्ने बाध्यता छ , दक्ष जनशक्ति उत्पादनको लागि बजारले चाहेको क्षेत्रमा तालीम हुनैपर्छ’, उनले भने ।

 

देशभरीका सिटीभिटी अन्र्तगतका बिद्यालयका प्रध्यापकहरुको सहभागिता रहेको समिक्षा कार्यक्रम शुक्रबार सम्म चल्ने
छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदका उपाध्यक्ष डाक्टर कुल बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम परिषद्का इश्वरी देवकोटाले संचालन गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया