किन पढ्ने ? कस्तो पुस्तक पढ्ने ?

नेपालगन्ज/रुपा गहतराज

बिचारको युद्धमा पुस्तक नै अस्त्र हो । पुस्तक चरीत्र निर्माणका लागि सबै भन्दा राम्रो साधन हो । एउटा बिचारयुक्त पुस्तको प्रभावले समाजलाइ नयाँ दिशा दिन सक्छ । पुस्तकबाट ज्ञानको प्राप्ती हुन्छ । भनिन्छ, बोल्न भन्दा साेंच्न जरुरी छ । त्यो भन्दा पहिला पढ्न जरुरी छ । तर कस्ता पुस्तक पढ्ने ? किन पढ्ने ?

 
श्रष्टा हरीमाया भेटवाल भन्छिन्, लेख्नका लागि पढ्नु जरुरी छ । अलिकति आनन्दका लागि । अलिकति सिर्जनात्मक सन्तुष्टिका लागि । तर, त्यो भन्दा बढ्ता समाजसँग जोडिएका मुद्धाहरुलाई गहिरो संग बुझ्नका लागि म पढछु । आफ्नो पुस्तक कल्ली नेपालगन्जका लागि बोकेर ल्याएकी भेटवालले किताब लेख्ने व्यक्तिको लागि किताब पढ्न झनै आवश्यक भएको बताइन् । एउटा पुस्तक पढ्दा एक लेभलको प्रमाणपत्र पाएको महसुस हुन्छ । उनले भनिन्, ‘चेतनामा जागरण ल्याउने खालको पुस्तकको पढ्न आवश्यक छ । पुस्तक एउटा विश्वविद्यालय नै हो ।’

 
अर्की आख्यानकार उमा सुबेदी पनि जसरी संगीत निसर्त आनन्दका लागि सुनिन्छ, त्यसै गरी पुस्तक पनि रुची रहर र आनन्दका लागि पढ्ने गरेको बताउछिन् । उनी भन्छिन्, ‘समाजलाई बुझ्न संरचना लाई बुझ्न पुस्तक पढ्न आवश्यक छ ।’ साहित्यिक कार्यक्रमका लागि नेपालगन्जमा आइपुगेकी उमा उमेर अनुसार पुस्तकको छनोट हुने बताउछिन् । उनले भनिन्, ‘कस्तो पुस्तक पढने ? मान्छेको स्वभावमा फरक पर्छ ।’ आवाजबिहिनका आवाज हुन त्यस्ता पुस्तकले समाजलाई बुझाउन मद्दत गर्ने उमा को तर्क छ । अरुले लेखेको नपढी समकालीन सन्दर्भहरु बुझिँदैन । उनी भन्छिन्, ‘त्यसैले पनि अरुका किताबहरु पढिरहनु आवश्यक छ ।’

 
बालकथाकारका रुपमा आफुलाई परीचित बनाएकी लेखक शान्ता दाहाल पुस्तक लेखन छाप्नका लागि होइन । पढ्नका लागि भएको बताउँछिन् । बालबालिकालाई सृजनशिल बनाउन पुस्तक सहायक हुने उनको बझाइ छ ।
पुस्तक बुझ्ने गरी पढ्नका लागि के गर्ने ? उनले सुझाइन ् ‘हतार नगरी पढ्ने, पढ्दा कल्पनशील भएर पढ्ने, पढिरहेका कुरालाई दृश्यमा कल्पना गर्ने ।’ पुस्तक चरीत्र निर्माणमा साधन हुने बताउँदै उनले भनिन्, जिवनी भएका पुस्तक पढ्न जरुरी छ । खुब पढ्नुस् । सिर्जनात्मक बन्नुस् । हरेक दिन केही न केही लेख्नुस् ।

 
वरिष्ठ श्रष्टा सनत रेग्मी मान्छेले अभिरुची अनुसार, पुस्तक पढ्ने गरेको बताउँछन । पुस्तकमा ज्ञानको भण्डार छ । ‘मस्तिष्कलाई ट्रयाक दिन्छ, मार्ग दिन्छ,’ उनले भने, ‘समाजलाई गहिरो संग चिनाउने पुस्तक पढन जरुरी छ ।’ ‘पुस्तकले दृष्टि मात्र होइन दृष्टिकोण दिन्छ,’ कथाकार रेग्मी भन्छन् ‘अहिलेको अवस्थामा सर्वाङ्गीण बिकासका पुस्तक पढ्न जरुरी छ ।’ धेरै जसो साहित्यमा सामाजिक सद्भावका जोड्न मनपराउने लेखक रेग्मी पढ्न सुझाउँदै भन्छन्, ‘यस्तो पुस्तक पढ्नुस् जसमा भाषा संस्कृतिको अस्तित्व होस्, सद्भाव बढाउन मद्दत पुगोस् ।’

प्रतिक्रिया

प्रतिक्रिया