बन्ने भो त ब्राइटल्याण्ड रोड ?

पासाङल्हामु मार्ग देखि ब्राईटल्याण्ड कलेज हुदै जेल राेड सम्म जाेड्ने सडक बिचका संरचनालाई व्यवस्थापन गर्ने सहमति भएकाे छ ।

सिद्वार्थटाेल विकास समितिकाे पहलमा यहाँ स्थीत टाेलबासीकाे उपस्थितिमा उक्त सहमति भएकाे टाेलविकास समितिकी अध्यक्ष भागीरथी पाण्डेले दैनिक नेपालगन्जलाई बताईन ।

समितिका सचिव पुष्प शर्माका अनुसार उक्त कार्यक्रममा अधिवक्ता प्रहलाद बहादुर कार्की, डा. अनिल चाैधरी, ब्राईटल्याण्ड कलेजका प्रमुख डा. राजेश खनाल, हिमाल गैरे, डा. पियुष कनाेडिया, व्यवसायी चम्पालाल, नेपाली काग्रेसका नेता निजामुद्दिन सिद्धिकी लगायतकाे उपस्थिति थियाे भने सडक स्तनाेत्तरका लागी वडा, उपमहानगरपालिका,लगायत निर्वाचित प्रतिनिधीलाई अनुराेध गरिने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया