बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रदेखि ११ कक्षाको अध्ययन सुरु भएको छ । नेपालगन्ज नजिकै रहेर पनि दुर्गम क्षेत्रको रुपमा रहेको उक्त गाउँपालिकाको वडा नं ४ स्थित जानकी माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान संकायको पढाइ थालिएको हो ।
विद्यालयका प्रधानाध्यापक लक्ष्मण आर्चायका अनुसार तेह्र विद्यार्थी भर्ना भए पनि आठ जना मात्र नियमितरुपमा अध्ययन गरिरहेका छन् । पठनपाठनका लागि तीन शिक्षकको व्यवस्था गरिएको उहाँले बताउनुभयो । तेह्र विद्यार्थीमध्ये छ जना छात्रा छन् ।
‘हामीले धेरै वर्षदेखि कक्षा ११ को पठनपाठनका लागि प्रयास ग¥यौँ तर अहिले बल्ल सफल भएका छाँै’, प्रधानाध्यापक आचार्यले भने । जानकी गाउँपालिकाको अनुदानमा सो कक्षा सञ्चालन भएको हो । दरबन्दी भएका शिक्षकलाई मासिक रु ४० हजार तलब दिने गरिएको छ । चार सयको हाराहारीमा विद्यार्थी रहेको सो विद्यालयमा माध्यमिक तहमा पाँच तथा निम्न माध्यमिक तहमा तीन शिक्षकको दरबन्दी रहेको छ ।
जानकी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाकी प्रमुख कृष्णाकुमारी भण्डारीले यस शैक्षिकसत्रदेखि ११ कक्षा सुरु गरिएकोे र अर्को वर्षदेखि १२ कक्षा सुरु भएपछि विद्यार्थी संख्या बढ्दै जाने जानकारी दिइन् । रासस