नेपाल जडीबुटी व्यवसायी  संघ : राहत हस्तान्त्ररण

यही मिति २०८० कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिम केन्द्र बिन्दु भएर गएको भुकम्प पिडितहरुको लागि राहत संकलन गरि नेपाल जडीबुटी व्यवसायी संघ, प्रधान कार्यालय नेपालगंज, बाँकेले मिति २०८०-०७-२३ गते प्रभावित क्षेत्रमा पुगि राहत हस्तान्त्ररण गरेको छ ।

संघका निर्वातमान अध्यक्ष पूर्व लुम्बिनी प्रदेश सभा सदस्य मा। श्री मो।याकूब अंसारीज्यू, को नेतृत्वमा संघका सदस्य श्री खड्ग बहादुर बुढा, वर्तमान लुम्बिनी प्रदेश सभा सदस्य मा। श्री मिना कुमारी बोहरा सिद्दिकी ज्यू, लगायतको टिम प्रभावित क्षेत्रमा पुगि हस्तान्तरण गर्नुभयो ।

जिल्ला विपद व्यवस्थापन समिति जाजरकोटमा, जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत हस्तान्तरण गरियो। प्रभावित भएका दुवै जिल्लाका लागि चामल, दाल, नून, तोरीको तेल खुर्सानी को धूलो रजाई आदि सामान वितरण गरियो ।

प्रतिक्रिया

प्रतिक्रिया