विकासका लागि टोलवासी संगठित

आफ्नो टोलको विकास र सुधार गर्ने तथा साझा सरोकारमा हातेमालो गर्ने अभियानका साथ साथ वडा नंम्बर १० का जनसमुदायहरु संगठित भएका हुन ।


शनिवार बसेको टोल समितिको भेलाले भुमा पाण्डेको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । सिद्धार्थटोल सुधार तथा विकास समितिको उपाध्यक्षमा अनिता शाह, सचिवमा विक्रम बुढाथोकी क्षेत्री, सह सचिवमा सुशिला शर्मा र कोषाध्यक्षमा ऋतिक शाी रहेका छन् ।


उक्त तर्दथ समितिको सदस्यमा सरिता ज्ञवाली, भरत पाण्डे, विमल पाण्डे रहेका छन् भने ब्राइटल्याण्ड कलेज, आर्दश मावि र ब्राइटल्याण्ड स्कुल क्रमश सदस्यका रुपमा चयन गरेको अधिवत्ता प्रह्लाद बहादुर कार्कीले दैनिक नेपालगन्जलाई बताए ।
साथै उक्त बेलाले सुर्खेत रोड र सदरलाईनको मध्यभागमा रहेको यस टोल क्षेत्रको विकास र सर्वाङ्गिण विकासमा सरोकारवाला निकाय ध्यान दिन नसकिरहेको सन्दर्भमा जनदवाव र निरन्तरको पैरवी गर्ने समेत निर्णय गरेको कार्कीले बताए ।


उक्त भेलाले अधिवक्ता प्रह्लाद बहादुर कार्की, डा। अनिल कुमार चौधरी, सुधान्शु कोइराला, पुष्पराज पौडेल, हिमाल गैरे लगायतलाई सल्लाहकारका रुपमा चयन गरेको छ । समितिको विधीवत रुपमा वडा, उपमहानगरकार्यपालिकाको कार्यालय लगायतमा सुचीकृत गरी आवश्यक विभिन्न पैरवी, जनचासोको क्षेत्रमा काम गर्ने उद्देश्य रहेको संयोजक पाण्डेको कथन छ ।

प्रतिक्रिया

प्रतिक्रिया