तेज नगरमा ‘हाइमाष्ट’, वडाध्यक्षलाई सम्मान

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ ले आफु अन्तर्गतका टोलहरुलाई उज्यालो बनाउने अभियानमा शुक्रबार थप एउटा हाइमाष्ट लाइट जडानको शिलान्यास गरेको छ । वडाध्यक्ष दिपक कुमार बर्माले वडा कार्यालयको ८ लाख २५ हजार लागत अनुमानको हाइमाष्ट लाइट जडान कार्यको शिलान्यास गरेका हुन् ।

‘टोलटोलको आवश्यकता र मागका आधारमा उज्यालो अभियानलाई प्रभावकारी बनाइएको छ’, वडाध्यक्ष बर्माले तेजनगर क्षेत्रमा चालु आर्थिक बर्षमा मात्रै २३ लाख बढीको लागतमा सडक कालोपत्रे र दुई वटा सडक पीसीसी गरिएको जानकारी दिंदै भने, ‘तपाईहरु ढुक्क हुनुस्, मैले निर्वाचन ताका गरेका प्रतिबद्धताहरु शतप्रतिशत पूरा गरिरहेको छु ।’

स्थानीय अगुवा, ज्येष्ठ नागरिक मुहनलाल डाँगीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा वडाध्यक्ष बर्मालाई आफ्नो वडाको विकासमा अतुलनीय योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो ।

‘हामीले विकास प्रेमी वडाध्यक्ष पायौं’, टोलबासीहरुको तर्फबाट सम्मान गर्दै डाँगीले भने । डाँगीसँगै टोल विकास संस्थाका अध्यक्ष सुर्य कुमार केसीले पनि वडाध्यक्ष बर्माको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया