नेपालगन्ज उपमहानगर वडा नं. १८ का वडाध्यक्ष दीपक कुमार बर्माले वडाभित्र सडक तथा नाली निर्माण कार्यलाई चालु आर्थिक वर्षमा समेत प्राथमिकता दिइएको बताएका छन् । वडामा विकास निर्माणको गतिले तीब्रता लिएको दावी गर्दै वडाध्यक्ष बर्माले यो वर्षपनि सडक, नाला लगायतका भौतिक पूर्वाधारनै प्राथमिकतामा राखिएको बताए ।

होटल सिद्धार्थ भ्युदेखि पश्चिम स्वास्थ्य चौकी जाने बाटो पक्की नालासहित ८ मिटर सडक कालोपत्रे गर्ने कार्यको शिलान्यास गर्दै वडाध्यक्ष बर्माले उपमहानगरबाट प्राप्त बजेटसँग आफुले प्रदेश तथा केनद्र सरकारसँग सोझै माग गरेर पनि विकास निर्माणलाई तिब्रता दिइरहेको जानकारी दिए ।

वडाध्यक्ष बर्माले ५ सय ७५ मिटर लामो बाटो कालोपत्रे शुभारम्भ गर्दै आफ्नो वडामा बाल उद्यान, पक्की सडक, नाला, पीसीसी बाटो, सोलार बत्ति जडान र माटो पटान ग्राभेलका काम द्रुत रुपमा भइरहेको बताए । ‘विकास निर्माणको कार्यमा कडाईका साथ लागेका छौं,’ बडाध्यक्ष बर्मासँगै रहेका सदस्य दिग्वीजय ढुंगानाले भने ।