संक्रमितको सफल शल्यक्रिया

नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित ब्यक्तिको सोमवार सफल शल्यक्रिया गरिएको छ । अस्पतालले दिएको जानकारी अनुसार, आन्द्राको अल्सरबाट पिडित कोरोना संक्रमित पुरुषको सफल शल्यक्रिया गरिएको हो ।
अस्पतालका सहायक निर्देशक डा. नितेष कुमार कनोडियाले दिएको जानकारी अनुसार, दैलेख भगवतीमाई गाउँपालिका–१ घर भएका ३८ वर्षीय पुरुषको एक घण्टाको शल्यक्रिया सफल भएको छ । उनका अनुसार, वरिष्ठ चिकित्सकहरु डा. दिग्विजय खडका, डा. अरुण ज्ञवाली, डा. शिशिर खड्का, स्टाफ नर्सहरु दुर्गा पन्त, पार्वती शाही, प्रेम कुमारी बस्नेत र सहयोगी राम गोपाल वाल्मीकीलगायतको टिमले उनको शल्यक्रिया गरेको हो ।
प्रादेशिक अस्पताल सुर्खेतबाट रेफर भई उनी सोमबार नै कलेजमा आइपुगेका थिए । चिकित्सकहरूका अनुसार उनको आन्द्राको पहिलो भागमा अल्सर बिग्रेर फुटेको थियो । तत्काल अप्रसेन गर्नु पर्ने भएकाले बिहान नै उनको शल्यक्रिया गरिएको थियो ।
विरामीको हाल ब्लड प्रेसर तथा पल्स सामान्य अवस्था रहेको र भेन्टिलेटरमा राखी उपचार गरी राखिएको अस्पतालका सहायक निर्देशक डा. कनोडियाले जानकारी दिए । अस्पतालले प्रेस विज्ञप्तिमार्फत शल्यक्रियाबारे जानकारी गराएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया