सरकारको एक गाउँपालिका एक खेलकुद ग्राम निर्माण गर्ने नीति तथा कार्यक्रममा बाँकेको खजुरा गाउँपालिका समेटिएपछि सितापुरस्थित शुक्र भलिवल स्टेडियम परिसरमा काम शुरु भएको छ । आठौ राष्ट्रिय खेलकुद २०७५/०७६ मा खजुरामा भलिवल,फुटबल,महिला हक्कि र बक्सिङ स्थानीय रुपमा सफलतापूर्वक आयोजना भएको उक्त ठाउँमा खेलकुद ग्राम निर्माणको लागि सरकारले चालू आर्थिक वर्षमा ५० लाख रकम बिनियोजन गरेको छ ।
सीतापुरका स्थानीय वासी समेत रहेका तत्कालिन मध्यपश्चिम खेलकुद विकास समितिको अध्यक्ष भिम ओलीले २०६८ सालबाटै खेलकुद ग्रामको पहल गरिएको बताए ।
हेर्नुस्, भिडियो रिपोर्ट