सांसद–मन्त्री भेट , विमानस्थलकै सवाल

नेपालगन्ज – बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा सांसद महेश्वर गहतराजले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई मंगलबार भेटवार्ता गरेका छन् ।

सांसद गहतराजले दुई बुंदे ध्यानाकर्षण सहित मन्त्री भट्टराईसँग भेटवार्ता गरी नेपालगन्ज विमानस्थलबाट नेपालगन्ज दिल्ली उडानका लागि आवश्यक पहल लिन ध्यानाकर्षण गराएका हुन् । उनले नेपालगन्ज–भैरहवा र नेपालगन्ज–पोखरा उडानको सम्भाव्यता अध्ययन गरी काम अगाडि बढाउन मन्त्री भट्टराईको ध्यानाकर्षण गराएका छन् ।

यस्तै, हिन्दु धर्मावलम्वीहरुको शिर्षस्थ धार्मिक स्थल मानसरोवरको गेटवेका रुपमा रहेको नेपालगन्जसँग जोडिएर बाँकेका विभिन्न धार्मिक क्षेत्रहरुको ‘धार्मिक पर्यटकीय सर्किट’ निर्माण गर्न सांसद गहतराजले मन्त्री भट्टराईको ध्यानाकर्षण गराएको जनाएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया