बोल्यो गुठी, ‘साविककै अवस्था’


बागेश्वरीमा सपिङ कम्लेक्स बनाउने योजना छैन:गुठी


प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा ‘सपिङ कम्प्लेक्स’ बनाउन लागिएको भन्दै भइरहेको विरोधमा बागेश्वरी गुठी व्यवस्थापन समितिले आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
गुठीको शुक्रवार भएको बैठकपछि सचिव गोपाल प्रसाद अधिकारीले प्रेस विज्ञप्ति जारी गरि मन्दिर परिसरमा सपिङ्ग कम्प्लेक्स साविककै संरचना बनाइन लागेको उल्लेख गरेका छन् । उक्त ठाउँमा १७ वटा सटर सँगै मूल महन्तको कार्यालय, बिशिष्ट अतिथि कक्ष, सत्संग भवन सहितका संरचना बनाइने योजना रहेको बताइएको छ ।

‘मन्दिरको सुरक्षा र गोपनियता कायम हुने गरि मन्दिरको नियमित आन्दानीको स्रोत पनि यथावत राख्न खोजिएको’ विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, आज शनिवार नेपालगन्ज आइपुग्ने भनिएका सहरी विकास मन्त्री मो. इस्तियाक राई ‘राजनीतिक व्यस्तताले नेपालगन्ज आउन नसक्ने’ जानकारी दिएका छन् । मन्दिर परिसरमा पसल सटर निर्माणमा ‘चासो राखेका’ मन्त्री राई आज नेपालगन्ज आउन लागेको जानकारी आफ्ना कार्यकर्तामार्फत गराएका थिए ।

(हेर्नुस् आधिकारिक धारणा प्रेस विज्ञप्तिमा)

प्रतिक्रिया

प्रतिक्रिया