बाढी र डुवानको उच्च जोखिममा रहेका होलिया र फत्तेपुर गाउ सुरक्षित बन्दै
कृष्ण अधिकारी / नेपालगन्ज साउन २२ । राप्ती नदीमा तटबन्ध निर्माण भए पछि बाढी र ढुवानको उच्च जोखिममा रहेका बाकेका होलिया र फत्तेपुर गाउ सुरक्षित बन्दै गएका छन ।
तटबन्ध निर्माण भए पछि बाढी गाउमा पस्ने घर भत्काइदिने र खेतीबाली नोक्सान हुने क्रम घट्दै गएको छ ।
जनताको तटबन्ध कार्यालयले बाकेको होलिया र फत्तेपुरका बाढी र डुवानको उच्च जोखिममा रहेका ८ वटा स्थानमा तटबन्ध निर्माण गरे पछि गाउहरु सुरक्षित बन्दै गएको फत्तेपुरका स्थानिय बासिन्दा दुर्गा प्रसाद पान्डेले बताए ।
जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालयले दाङले करिब १ अर्बको लागतमा राप्ती नदीको कटान र डुबानको उच्च जोखिममा रहेका बाके होलिया र फत्तेपुरमा करिब १३ किलोमिटर पक्की तटबन्ध निर्माण गरि रहेको छ ।
राप्ती नदी किनाराका बस्तीहरुलाई बाढी तथा डुबानको जोखिमबाट बचाउनका लागि जनताको तटबन्ध कार्यालयले आर्थिक बर्ष २०७३÷०७४ देखि बहुबर्षिय ( तीन बर्षमा पुरा हुने ) ठेक्का अन्र्तगत नदीको कटानको उच्च जोखिममा रहेको क्षेत्रमा तटबन्ध निर्माणको काम सुरु गरेको हो ।
तटबन्ध निर्माण भई रहेका ८ वटा प्याकेज मध्ये ४ वटा प्याकेजको करिब २ किलोमिटरको काम सम्पन्न भई सकेको छ । निर्मार्णाधिन अबस्थामा रहेका ४ वटा प्याकेज अन्र्तगत ११ किलोमिटर क्षेत्रको तटबन्ध निर्माणको काम करिब ७५ प्रतिशत पुरा भइ सकेको छ । चालु आर्थिक बर्ष २०७६ ÷०७७ को अन्त सम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भई रहेको जनताको तटबन्ध कार्यालयले जनाएको छ ।
राप्ती नदीका किनाराका बस्तीहरुलाई बाढी तथा डुबानको चपेटाबाट पुर्ण रुपमा सुरक्षित बनाउनका लागि स्थानिय बासिन्दाहरुले राप्ती नदीको दुबै किनारामा करिब ४० किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गर्नु पर्ने होलियाका राजकुमार शुक्लाले बताए ।
नदी कटानको उच्च जोखिममा रहेका स्थानमा तटबन्ध निर्माणको काम भई रहेकाले बिगतका बर्षहरुको तुलनामा यो बर्ष बाकेको होलिया र फत्तेपुरका बासिन्दाहरु सुरक्षित भई बाढी र डुबानबाट हुने धन जनको क्षति पनि कम हुने जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नेपालगन्जका इन्जिनियर हरिस पन्तले बताए ।
अबरिल बर्षा पछि राप्ती नदीमा उर्लिएर आउने बाढीले नदी किनाराका खेतबारी संगै बस्तीहरु कटान गर्ने र बस्तीमा पसेर बितन्डा मच्चाउदै आएको छ ।
बाढीबाट खेतबाली, र घर गोठ क्षतिग्रस्त हुदा घरमा भन्डारण गरेर राखेको खाद्यान्न समेत नोक्सान भई स्थानिय बासिन्दाहरु बिच्चलीमा पर्ने गरेका छन ।
यो क्रम दुई दशक देखि दोहोरिदै आएको छ । २०७४ सालमा बाढीबाट बाकेमा ८ जनाको मृत्यु भयो । बाढीबाट १ हजार १ सय २२ घर पुर्ण रुपमा र १५ हजार ७ सय ३७ घर आंशिक रुपमा क्षति हुदा करिब ८० हजार जनता प्रत्यक्ष रुपमा प्रभाबित भए । करिब ४ हजार हेक्टरमा लगाएको खेतीबालीमा क्षति भएको थियो ।