नेपालगन्जमा सुरु भो न्यूरोड सौन्र्दयीकरण

नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जको न्यूरोडको सौन्र्दयीकरणको काम अगाडि बढाएको छ । उपमहानगरपालिकाले न्यूरोडमा सौन्दर्यकरणका लागि फूल रोप्ने र इन्टरलक जडान गर्ने कार्य अगाडि बढाएको हो ।


यसअघि न्यूरोडमा रहेको ग्रीन बेल्टको रुख काटेर पार्किङ्ग बनाउन लागिएको भन्दै स्थानीय स्तरमा विरोध भएपछि अफवाह मात्रै भएको उपमहानगरपालिकाले स्पष्ट पारेको थियो ।
न्यूरोड सौन्र्दयीकरणमा विवाद सिर्जना भएपछि उपमहानगरपालिकाले स्थानीयबासीसँग छलफल समेत गरेको थियो । उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले ग्रीन बेल्टमा रहेको विरुवाको संरक्षण गर्दै सौन्र्दयीकरणको काम अगाडि बढ्ने स्पष्ट पारेका छन् । उपमहानगरपालिकाले ग्रीन बेल्टमा टायल बिछ्याउनका लागि शुक्रबारदेखि काम सुरु गरेको हो ।


उपमहानगरपालिकाले गर्मीलाई मध्यनजर ग्रीन वेल्टमा रहेका विरुवामा दमकलको प्रयोग गरी पानी समेत सिचाइ गर्दै आएको छ । प्रवक्ता रिजालले बिरुवाको संरक्षण, आधुनिकीकरण र सौन्दर्यकरण गरी नमूना ब्यापारिक केन्द्र बनाउने योजना अनुसार काम भैरहेको बताएका छन् ।

उपमहानगरलाई पत्र

नेपालगन्ज उद्योग वाणिज्य संघले त्रिभुवन चोक निर्माणका लागि उपमहानगरपालिकासँग पुनः अनुमति मागेको छ । यसअघि उपमहानगरपालिकाकै अनुमतिमा त्रिभुवन चोकका पुरानो संरचना भत्काउने क्रममा स्थानीयले विरोध गरेपछि संघले काम रोकेको थियो ।

उपमहानगरपालिकाले समेत संघलाई काम गर्न रोकेपछि हाल चोक अलपत्र अवस्थामा छ । यद्यपि, उपहानगरपालिकाले चोकको कुरुपता छोप्नका लागि सचेतनामूलक बोर्ड राखेको छ ।
संघले चोकलाई अलपत्र छाड्न नहुने निष्कर्ष निकाल्दै सर्वपक्षीय छलफलको आयोजना गरेपछि चोक निर्माणका लागि पुनः अनुमति मागेको हो । ‘सर्वपक्षीय छलफलबाट प्राप्त सुझावका आधारमा संघलाई पत्र पठाएका छौं’, अध्यक्ष वैश्यले भने, ‘नगरको सुन्दरताका लागि चोक निर्माण तत्काल गरिनुपर्छ ।’


संघले उपमहानगरपालिकालाई चोक बनाउने अनुमति दिन वा आफै बनाउनका लागि आग्रह गरेको हो । ‘उपमहानगरपालिकाले आफै चोक निर्माण गर्ने भए दाताबाट प्राप्त सहयोग हस्तान्तरण गर्नेछौं,’ संघका अध्यक्ष वैश्यले भने, ‘हामीले अनुमति पाए स्तम्भका लागि ठाउँ छोडेर सुन्दर चोक निर्माण गर्नेछौं ।’

प्रतिक्रिया

प्रतिक्रिया