जीर्ण रहेको नेपालगन्जको घरबारीटोलको सडक चौडा बनाइने भएको छ । त्यसका लागि आवश्यक क्षेत्रफल छाड्ने सन्देश दिन वडा नं. २ ले बिहीबार र्यालीको आयोजना समेत गरेको छ ।
प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमाल, नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणा, उपप्रमुख उमा थापामगर, वडाध्यक्ष सुनिल सिंह हमाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, तयारी कपडा, ब्याग, जुत्ता, चप्पल तथा खुद्रा व्यवसायी संघका अध्यक्ष भीम बहादु रानाभाट लगायत उद्योगी, व्यवसायी, स्थानीयबासी लगायतको सहभागिता रहेको र्याली धम्बोझीचोकदेखि सुरु भएर त्रिवेणीमोड सम्म पुगेको थियो ।
त्यसक्रममा वक्ताहरुले सडक क्षेत्रफलका लागि रेखांकन गरिएका घरहरु भत्काउन आग्रह गरेका थिए ।