सुर्खेतरोडको डिभाइडर हटाउने उपमहानगरको योजना

नेपालगन्जको सुर्खेतरोडमा राखिएको डिभाइडर हटाउने निर्णय गरिएको छ । प्रदेश सभा सदस्य, प्रमुख राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधि सहभागी बैठकमा सुर्खेतरोडमा रहेको डिभाइडर सार्ने निर्णय गरेको छ ।

आवागमन गर्ने यात्रु सुरक्षाका लागि सडकमा राखिएको डिभाइडरलाई पार्किङ्गका रुपमा प्रयोग बढ्दै गएपछि डिभाइडर सारेर अन्यत्र सुरक्षित राख्र्नु पर्ने बाध्यता सिर्जना भएको उपप्रमुख उमा थापामगरले जानकारी दिइन् ।

उपमहानगरपालिकाको रिङरोड नहरभित्रै रहेकाले नहर निर्माण नहँुदासम्म रिङरोड कार्य सञ्चालन गर्न नसकिने भएकाले सोही क्षेत्रको परसपुर देखि गणेशमान चौकसम्मको सडक निर्माणमा सो वजेट सदुपयोग गर्ने निर्णय समेत उपमहानगरपालिकाले गरेको छ । रिङ रोडको दायाँ वायाँ ल्यान्ड पुलिङ गरि व्यवस्थित शहरी विकास कार्य अघि बढाउनका लागि शहरी विकास तथा भवन निर्माण विभागसँग अनुरोध गर्ने निर्णय भएको वैठकमा सहभागी उपमहानगरपालिकाका इन्जिीनियर सुरज शर्माले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया