खजुरा : सडक पूर्वाधारलाई मात्रै ७ करोड

खजुरा गाउपालिकाले चालु आर्थिक बर्षमा सडक पूर्वाधारका लागि मात्रै ७ करोड रुपैया विनियोजन गरेको जनाएको छ । सोही अनुसारको बजेट समेत वडास्तरमा पठाई सकिएको गाउपालिका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिए । ‘काम समेत सबै वडामा सुरु भैसकेको छ’, कक्षपतिले दैनिक नेपालगन्ज सग भने ।

 

गाउपालिका प्रमुख कक्षपतिका अनुसार, यो बर्ष खजुरा गाउपालिकाका सबै वडामा २७.५ किलोमिटर सडक ग्राभेल गरिंदैछ । ‘त्यसका लागि ६ करोड रुपैया छुट्याइएको छ’, गाउपालिका प्रमुख कक्षपतिले दिएको जानकारी अनुसार जनसहभागितामा काम भैरहेकाले सडक लम्बाई अझ बढ्न सक्छ । ‘कम्तिमा एक किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ’, कक्षपतिले दिएको जानकारी अनुसार, त्यसका लागि एक करोड रुपैया“ बजेट छुट्याइएको छ ।

 

गाउपालिकाका उपप्रमुख एकमाया विकले २०५१ सालमा नेकपा एमालेको सरकारले अघि सारेको आफ्नो गाउ आफै बनाउ मोडेलमा विकास निर्माणका गतिलाई अगाडी बढाइएको छ । ‘दैनिक १ सय जति गाउलेहरु विकास निर्माणका काममा जनश्रमदान गरिरहनु भएको छ’, उपप्रमुख विकले दैनिक नेपालगन्ज सग भनिन्, ‘म आफैले पनि काममा जनश्रमदान गर्न नभ्याएकाले ५ हजार नाला निर्माणका लागि दिनुपर्ने छ ।’

 

खजुराले यसबीच एक हजार २ सय ज्येष्ठ नागरिकलाई टोलमै स्वास्थ्य सेवा, १४ मावि, ४ निमावि र एउटा कलेजलाई २८ लाख बराबरका आइटी उपकरण उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया