खजुरा क्षेत्रमा खेलकुदका गतिविधिहरुलाई तिव्रता दिन भौतिक पूर्वाधार निर्माण कार्यका लागि गति दिइएको छ ।

 

त्यसका लागि गाउपालिका वडास्तरमै बजेट परिचालन गरिएको गाउपालिका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिए । ‘गाउपालिकाले वडास्तरमा विकासका बजेट पठाइसकेका छौं’, कक्षपतिले दैनिक नेपालगन्जसग भने, ‘वडाले आफ्ना प्राथमिकताका आधारमा खेलकुद मैदान देखि सडक निर्माणसम्मका कामहरुमालगानी गरिरहेका छन् ।’ वडा नं. ४ का वडाध्यक्ष तिलक वीर सुनारले आगामी माघको दोस्रो साता डिगाउमा आयोजना गर्ने न्यू डाफे कप फुटबलका लागि मैदान मर्मत कार्य अगाडी बढाइएको जानकारी दिए ।

 
त्यसका लागि तत्कालीन क्षेत्र नं. ४ का सांसद दल बहादुर सुनारले सांसद क्षेत्र विकास कोषबाट ५ लाख रुपैया उपलब्ध गराएको न्यू डाफे स्पोर्टस् क्लबका अध्यक्ष समेत रहेका तिलक वीर सुनारले जानकारी दिए । ‘जिल्लामै सर्वाधिक पुरस्कार राशीको रुपमा यो फुटबल प्रतियोगितालाई स्थापित गर्न खोजिएको छ’, सुनारले दैनिक नेपालगन्जसग भने, ‘यसबर्ष पुरस्कार राशी दुई देखि साढे दुई लाख पुर्याउने योजना छ ।’ गत बर्ष १४ विभिन्न फुटबल क्लब सहभागी न्यू डाफे कप फुटबलको प्रथम पुरस्कार राशी १ लाख ५५ हजार राखिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया