चिनले बनायो लेक लाग्ने हिमालमा एक्सप्रेस वे

 

 

चिनले लेक लाग्ने हिमालमा एक्सप्रेस वे निर्माण गरेको छ । चिनको स्वशासित क्षेत्र तिब्वतको युचु शहरलाई पश्चिमको क्विनघाइ प्रदेशमा जोड्ने सडकलाई गएको अगष्ट १ बाट खुल्ला गरेको हो ।

यो एक्सप्रेस वेको कुल लम्बाइ ६३४.८ किलोमिटर रहेको छ । यसले लेक लाग्ने पहाड करिब ४० प्रतिशतको भूभाग भएर जाने गर्छ । औसत ४ हजार मिटर उचाइबाट जाने सडक ६ वर्षमा निर्माण गरिएको हो । यसको निर्माण लागत ४ विलियन डलर लागेको समाचारमा जनाइएको छ ।

विशिष्ट प्रविधिको प्रयोगले सडक निर्माण गरिएको हो । निर्माण परियोजनाका प्रमुख न्यू जियानहोंगले भने । निर्माणको दौरानमा स्थानीय वातावरणको कम क्षती र पुन वृक्षारोपणलाई महत्व दिइएको थियो ।

यो एक्सप्रेस वेले क्विनघाइ प्रदेशको राजधानी जिनिंग र तिब्वतको युचु शहरको दुरीलाई ४ घण्टा छोट्याएको छ । पहिले १२ घण्टा लाग्ने समय अब जम्मा ८ घण्टा मात्र लाग्ने छ ।

(सिन्हवाकाे समाचारमा अाधारित)

प्रतिक्रिया

प्रतिक्रिया