
भेरी अस्पताल नेपालगन्जको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीबाट डा. प्रकाश बहादुर थापाले सोमबार बिदाई लिएका छन् ।
डा. थापाले भेरी अस्पतालमा १६ महिना जिम्मेवारी सम्हालेका छन् । त्यसक्रममा कोरोनाको पहिलो र दोस्रो लहर व्यवस्थापनका लागि उनले महत्वपूर्ण भूमिका निर्वाह गरे । मेसुको जिम्मेवारीबाट विश्राम पाएका डा. थापाले आफ्नो कार्यकालमा गरेका कार्यहरु सामाजिक सञ्जालमा नै पोष्ट गरेका छन् ।
‘जीवनमा यदि केहि स्थायी छ भने त्यो परिवर्तन नै हो । करीब १६ महिनाको निकै व्यस्त र दौडधुपपूर्ण मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारीबाट सरकारले विश्राम दिने निर्णय गरेको छ । जिम्मेवारी दिने र विश्राम दिने सरकारका दुबै निर्णयलाई धन्यवाद दिन चाहन्छु’, मेसु डा. थापाले आफ्नो कार्यकालको उपलब्धीबारे जानकारी दिंदै भनेका छन्, विभिन्न सूचकाङ्कहरूमा निकै तल रहेको भेरी अस्पतालले यस बीचमा ठूलो फड्को मारेर नेपाल सरकारले तय गरेका मिनिमम सर्भिस स्ट्याण्डर्डमा सङ्घीय अस्पतालहरू मध्ये सबैभन्दा धेरै अङ्क प्राप्त गरी देशकै अब्बल मध्येमा गनियो ।’
मेसु डा. थापाले कोभिडले जनजीवन आतंकित पार्न थालेको परिस्थितिमा उपत्यका बाहिर भेरीमा पीसीआर ल्याब स्थापनालाई महत्वपूर्ण कार्य मानेका छन् । उनले हालसम्म ७८ हजार जनाको भेरी अस्पतालमा पीसीआर गरिएको जानकारी दिंदै १७ हजारको रोग पहिचान गरेको बताएका छन् ।
‘अन्तरसंस्था समन्यव गरी स्थानीय स्तरबाटै पनि उल्लेख्य काम गर्न सकिन्छ भन्ने मेरो मान्यता हामीले छोटो समयमै स्थापना गरेको १५ बेडको कोभिड आइसियू सहित १४२ बेडको कोभिड वार्डले पनि पुष्टि गर्यो’, मेसु डा. थापाले दैनिक नेपालगन्जसँग भने, ‘यसै कोभिड वार्डबाट हामीले २८०० बिरामीलाई सेवा दिन सक्यौं ।’
‘अस्पतालको उन्नयनमा अस्पताल विकास समितिको महत्व कति रहन सक्छ भनेर प्रमाणित गर्ने मेरो कार्यकालका सम्पूर्ण अस्पताल विकास समिति पदाधिकारीहरू प्रति म सदैव कृतज्ञ रहनेछु’, भावपूर्ण शब्दहरु उल्लेख गर्दै डा. थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अप्ठ्यारो परिस्थितिमा साथ, हौसला, सहजीकरण र नवीन सोचको चिन्तनबाट नै यो सम्भव भएको हो । कोभिडको निम्ति द्रुत गतिमा कर्मचारी भर्ना, क्ष्ऋग् तथा ज्म्ग् स्थापना, अक्सिजन ट्याङ्क जडान, अस्पतालको भौतिक संरचना निर्माणको लागि लबिङ तथा बजेट व्यवस्थापनमा वहाँहरूले देखाउनु भएको तदारूकता सदैव स्मरणीय रहनेछ ।’
डा. थापाले १ सय ३१ वर्षमा पहिलो पटक अस्पतालको स्थापना दिवस भव्यताका साथ सप्ताह व्यविरुपमा मनाइनु आफैमा एक इतिहासको सृजना भएको बताएका छन् ।
‘२५० बेडको इन्डोर भवनको निर्माण सम्पन्न हुने क्रममा छ । यसले अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गर्न सकिन्छ । सरकारका विभिन्न निकायमा समन्यव गरेर र आवश्यकतामा विश्वस्त तुल्याएर इन्डोर भवनको दोस्रो चरण, चिकित्सक आवास, कर्मचारी अवास र पोस्टमार्टम भवन गरेर करीब २५० करोडका क्रमागत योजनाहरू स्विकृत भैसकेका छन् र तिनको कार्यान्वयन सुनिश्चितता भैसकेको छ’, डा. थापाले भनेका छन्, ‘अक्सीजन प्लान्टको खरिद प्रक्रिया सम्पन्न भई एक महिना भित्र जडान हुने प्रक्रियामा छ । जाँदाजाँदै घ त्भकबि ःच्क्ष् खरिदको प्रक्रियाको पनि टुङ्गो लागेको छ ।’
डा. थापाकै कार्यकालमा अस्पताल परिसरमा रहेका औषधि पसलहरु खाली गरी अस्पतालको आफ्नो फार्मेसीको स्तरउन्नती गरिएको छ भने अस्पतालको अगाडिको भागमा रहेका विवादित र अव्यवस्थित सटरहरु भत्काई दुई वटा गेट सहितको सम्पूर्ण अस्पताल देखिने गरी पर्खाल निर्माणकार्य अगाडि बढाइएको छ । डा. थापाले अस्पतालको आगामी नेतृत्वले अस्पताल सरसफाई र सौन्र्दयीकरणमा पनि ध्यान दिनुपर्ने सुझाएका छन् ।