साइकल संस्कृतिलाई बढाउन ‘मेयरकप साइकल’


गगन थापा
अध्यक्ष
नेपालगन्ज साइक्लिङ क्लब

संविधान दिवसमा साइकल दौड ? खासमा मेयर कप साइकल के का लागि हो ?

नेपालगन्जमा भर्खर भर्खर साइक्लिङको क्रेज बढ्दै थियो, यो नैं पहिलो साइकल प्रतियोगिता थियो साइक्लिङको । क्लवका हैसियतले हामी यो प्रतियोगिता गराउँछौं भनेर प्रस्ताव पनि लागिएको थिएन, त्यसै बेला नेपालगन्ज उपमहानगर पालिका मेयर कपको नाममा धेरै खेलहरु गराउने तयारी गरेको रहेछ । त्यसै बेला नेपालगन्जमा साइक्लिङ प्रतियोगिता पनि गराउनु पर्छ भनेर बोर्ड बैठकमा कसैले प्रस्ताव ल्याउनु भयो र पास पनि भयो ।
त्यस पछि क्लवलाई खोजियो र यस्तो प्रकारको कार्यक्रम छ तपाईंहरूले व्यवस्थापन गर्नु पर्यो भन्ने प्रस्ताव आइसकेपछि यो प्रतियोगिता भएको थियो । यो हामी जस्तो भारकार भर्खर उदाउँदै गरेको संस्थाको लागि ठूलो अवसर त थिदै थियो चुनौती पनि थियो । जुन हामीले राम्रैसङ्ग आयोजना गर्न सफल भएका थियौं ।
जुन कार्यक्रम पश्चात नेपालगन्जमा साइकलको क्रेज ह्वात्तै बढेको हो । साइकल संस्कृतिलाई बढाउन यो प्रतियोगिता थियो, दुई श्रृंखलालेनै नेपालगन्जलाई साइकल सहर भनेर चिनाउन सफल भएका छौं ।
साइकल खेलको कुनै पनि विधामा नपर्ने साधारण साइकल दौड प्रतियोगितालाई पनि समावेस गरेर तराईको प्रमुख सवारी साधन साइकललाई सम्मानको नजरले हेर्ने बनाएको छ, मेयर कप साइकल प्रतियोगिताले ।
तेस्रो संस्करण सम्म आइपुग्दा हामी यो प्रतियोगिता केवल मनोरञ्जनको लागि मात्र गराउँदै छैनौं, अव हाम्रो धेय साइकल खेलाडी उत्पादन गर्ने छ, जसको लागि गेयर वाला साइकल अर्थात् माउन्टेन बाइक रेस साइकलको ट्रेलमा गर्दै छौं । जसले खेलाडीको क्षमता वृद्धि गर्ने छ । अव मेयर कप साइकल खेलाडी उत्पादन गर्ने पनि हुने छ ।

मेयर कप साइकल भन्नू भन्दा, मेयरसाब साइकल लेन चाहियो भन्ने अभियान चलाउनु पर्ने थ्यो कि !

सवारी साधनको चाप सङ्गै नेपालगन्जका सडकहरु साँघुरिदै छ । हाम्रो प्रत्यक कार्यक्रमको सवाल साइकल लेन हुने गरेको छ । यहांसम्मकी क्लबले औपचारिक रुपमै साइकल लेनको माग उपमहानगरनगरपालिका समक्ष राखी सकेको छ । हाम्रो साइकल लेनको माग निरन्तर छ । जसको फलस्वरुप नगरपालिकाले कान्ति तालको सडकमा साइकल लेन बनाई सकेको छ भने सुर्खेत रोडको वृद्धिसङ्गै साइकल लेन थपिने आश्वासन आएको छ ।

नेपालगन्ज साइकल क्लब कसरी अगाडी बढिरहेको छ ?
नेपालगन्जलाई चिनाउने काममा क्लब निरन्तर अगाडि बढी रहेको छ नेपालगन्ज यसको वरपरका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार प्रसारका साथै साइकल खेलका लागि आवश्यक साइकल ट्रेलको खोजीमा क्लबका ध्यान छ भने क्लबले निर्धारण गरेको केही प्रमुख अभियानमुखी कार्यक्रमलाई अझ राम्रोसँग कसरी गर्ने भन्दै निरन्तर सरोकारवालासङ्ग समन्वय गर्दै अगाडि बढी रहेको छ ।
साइकल क्रियाकलाप साथै यससङ्ग संबंधित विषय वस्तुमा सम्बन्धित निकाएमा पैरवी अनि गरिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया