टिकाको साइत बिहान १०:३५ मा

नेपालगन्ज – हिन्दु धर्मावलम्बीको महान् पर्व विजयादशमी मंगलबार मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर देश तथा बिदेशमा रहेका हिन्दु समुदायमा मनाइँदैछ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंगलबार देवी विसर्जनको साइत बिहान ८ः४५ बजे रहेको जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने बिहान १०ः३५ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
विजयादशमी आफैंँमा शुभ दिन भएकाले मंगलबार टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले जानकारी दिए ।

नेपालगन्जमा पनि बिहानै देखि बिजया दशमिको तयारी चहलपहल सुरु भएको छ । नेपालगन्जमा दिउसो नेपालगन्ज स्थित रामलिला मैदानमा मेला लाग्ने गर्दछ । रामलिला मैदानमा आज रावन जलाउन गरिन्छ भने आज जलाउने रावनको प्रतिमुर्ति हिजो राती नै तयार गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया