नेपालगन्ज – नवदुर्गाको अवसर पारेका बागेश्वरी मन्दिरलाई ‘लाइटिङ’ गरेर सजाइएको छ । नेपालगन्जका अंकित वैश्य लगायतका युवाहरुले नवदुर्गामा मन्दिर सजाउन सहयोग जुटाएर लाइटिङ गरेका हुन् । लाइटिङका कारण रातीको समयमा मन्दिर क्षेत्र झकिझाउ देखिएको छ ।
अंकितले नवदुर्गाको पाँच दिन रंगोली समेत बनाउने योजना रहेको बताएका छन् । यसअघि घटस्थापनाका दिन रंगोली बनाइएको थियो ।
कुल ६५ हजार लागतमा मन्दिर सजाइएको हो । ‘नवदुर्गा पछि लाइटिङ्गमा प्रयोग गरिएका सम्पूर्ण सामान मन्दिर व्यवस्थापनलाई हस्तान्तरण गरिनेछ’, अंकितले भने । अंकित र दिपक तमोली लाइटिङ्गको प्राविधिक अवलोकनका लागि समेत दैनिक मन्दिर पुग्ने गरेका छन् ।