बागेश्वरी मन्दिरको जग्गा खोजबिन , रैतीहरु भन्छन्, ‘मालपोत तिरेर भोगचलन’

कृष्ण अधिकारी /नेपालगन्ज – बागेश्वरी मन्दिरका रैतीहरुले १९७२ साल देखि नै मन्दिरका पुजारीहरुलाई मालपोत तिरेर जग्गा भोगचलन गर्दै आएको बताएका छन् ।

१९६८ सालमा कायम भएको जग्गाको प्रमाणपत्रहरुमा मन्दिरको रैतीको रुपमा आफ्ना हजुरबुवाहरुको नाम उल्लेख भएको त्यहि प्रमाणका आधारमा बागेश्वरी मन्दिरका पुजारीहरुलाई मालपोत तिरेर जग्गाको भोगचलन गर्दैै आएको नेपालगन्जको करमौनाका रैती परिबारका सन्तान ८५ बिन्द्रा प्रसाद कुर्मीले बताए ।

अरु जग्गाको मालपोत जिम्मवाल वा मालपोत कार्यालयमा बुझाइए जस्तै हामी रैतीहरुले भोगचलन गर्दै आएको जग्गाको मालपोत मात्रै मन्दिरका पुजारीलाई बुझाएको हौ । जग्गाको स्वामित्व सुरु देखि नै रैतीहरुको भएको दाबी उनको छ ।

भुमिसुधार कार्यालय बाँकेका पूर्व नायब सुब्बा समेत रहेका रैतीका सन्तान सम्पत कुमार तिबारीले २०२४ मा जग्गाको नापी हुँदा रैतीहरुले भोगचलन गरेको सबै जग्गा बागेश्वरी मन्दिरको नाममा दर्ता भएको र त्यसका बिरुद्ध रैतीहरुले सर्वाेच्वमा अदालतमा मुद्दा लडेर आफ्नो नाममा कायम गराएको बताउँछन् ।

सर्वाेच्च अदालतले रैतीहरुले भोगचलन गर्दै आएको जग्गा रैतीकै नाममा दर्ता गर्न दिनु भन्ने आदेश दिए पछि सर्वाेच्चको आदेश अनुसार २०२७÷०२८ साल तिर रैतीकै नाममा जग्गा धनीपुर्जा बनेको तिबारीले बताए । उनले भने, ‘सर्वोच्च अदालतको फैसलाको कागजहरु हामीहरु संग छैन त्यो कागज भुमिसुधार कार्यालयमा होला ।’

तिबारीले दाबी गरे २०२७÷०२८ साल मालपोत कार्यालयबाट रैतीहरुको नाममा जग्गा धनी पुर्जा बनेको देखिन्छ । मालापोत कार्यालयले के का आधारमा कसरी रैतीको नाममा जग्गाधनी पुर्जा जारी गर्यो भन्ने निर्णय सम्बन्धी कागजाजहरु भने हाल सम्म फेला नपरेको बागेश्वरी मन्दिर गुठी ब्यबस्थापन समितिका कानुनी सल्लाहाकार अधिबक्ता लोक बहादुर शाहले बताए ।

रैतीहरुले आफ्नो नाममा जग्गा धनीपुर्जा बनेपछि पनि लामो समयसम्म बागेश्वरी मन्दिरका पुजारी र पछि बागेश्वरी गुठी बने देखि हालसम्म गुठी ब्यबस्थापन समितिलाई नै मालपोत बुझाउदै आएका छन् ।
सर्बाेच्वको आदेश पछि २०२७÷२८ साल तिर रैतीहरुका सन्तानले आफ्नो जग्गाको जग्गा धनीपुर्जा बनाएर निजी सरह भोगचलन तथा विक्री बितरण गर्दै आएको तिबारीले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया