आठौं मेरो नेपालगन्जको इतिहास हो । आठौं मेरो नगरले प्राप्त गरेको उपहार हो । म गर्वका साथ भन्न सक्छु, अब मेरो नगरले पक्कै खेलकुदमा फड्को मार्नेछ
रामु ओली
२०३८ साल देखि सुरु भएको खेलकुदको महाकुम्भ राष्ट्रिय खेलकुद ३८ बर्षको भयो । हरेक २÷२ बर्षमा आयोजना गर्ने भनिए पनि समय–परिस्थिति, भौतिक पुर्वाधार, देशको सुरक्षा ब्यवस्था जस्ता अनेकौं अडचन झेलिरहेको राष्ट्रिय खेलकुदले आफ्नो आठौं संस्करणको महाकुम्भ नेपालगन्जमा गरिरहेको छ ।
सातौं राष्ट्रिय खेलकुद सम्मको पदक तालिका नियाल्दा भेरी अञ्चल तथा मध्यपश्चिमको लागि खासै सुखद भएन । तर, चौथो राष्ट्रिय खेलकुद आफ्नै नगरीमा आयोजना गरेको नेपालगन्जले खेलकुदको स्तरमा भन्दा पनि भौतिक पुर्वाधार संगै नगर जिल्लाले माहोलको मामिलामा खुसी हुने ठाउँ पाएको थियो । हुनत राष्ट्रिय खेलकुदलाई सफलतापुर्वक सम्पन्न गर्नु पनि आफैंमा एउटा ठुलो उपलब्धि समेत हो । तर त्यही उपलब्धिसंगै जोडिने अर्को पाटो भनेको त्यसले जोडेको संरचना र सन्देश हो ।
नेपालगन्जले आज सम्म कसैमा गलत सन्देश दिएको छैन । नत नेपालगन्जले कहिल्यै गलत नियत नै राख्यो । त्यसैले पनि नेपालगन्ज सधै नेपालगन्ज नै रहि रह्यो । नेपालगन्जले आफ्नो अगाडी वा पछाडी कुनै ट्याग वा उपमा बोक्नु परेन ।
२०५५ मा नेपालगन्जमा सम्पन्न चौथो राष्ट्रिय खेलकुदले देशको खेल जगतलाई केही फरक पा¥यो पारेन त्यो विश्लेषण गर्ने ले गरेका थिए होलान् । तर, नेपालगन्ज र आसपासको खेलकुदको माहोललाई भने उथलपुथल पारेको थियो । महेन्द्र रंगशालाले हरेक जिल्लास्तरिय, क्लबस्तरीय तथा स्कुलस्तरिय प्रतियोगितामा थेग्न नसक्ने दर्शक पाउथ्यो । स्वयम् म लगायत हाम्रा कयौं साथीहरु खजुरा देखि प्रतियोगिता अवधिभर साइकल तानेर पुग्थ्यांै । त्यस समय खेल हेर्न नजाने सायदै युवा तथा प्रौढ थिए होलान् । यदि थिए भने ती अपवाद थिए भन्दा मलाई कुनै अप्ठेरो लाग्ने छैन ।
कारण त्यो समयको माहोल खेलकुदमय बनेको थियो । युवा पिढी खेलकुदमा भविस्य देख्थे । अविभावक गर्व गर्थे । त्यो माहोल चौथो राष्ट्रिय खेलकुदले दिएको नासो थियो म महसुस गर्छु । आज करीब दुई दशक पछि राष्ट्रिय खेलकुदको आठौं संस्करण नेपालगन्जले आयोजना गर्ने अवसर प्राप्त गर्दा समाचार रिपोर्टिङको क्रममा रंगशालाको मुल गेटमा ब्यवसाय गरिबसेका बिष्णु दाई आफ्ना केही साथी भाइसंग गफिदै थिए । बिष्णु दाई र उहाँको साथीहरु आठौंकै चर्चामा थिए । ताजुब लाग्ने कुरै थिए । माहोल आठौंकै थियो । करोडौंको भौतिक पुर्वाधार आफ्नै आँगनमा बन्दै थियो ।
मेरा प्रश्नहरुमा उनीहरुको एउटै जवाफ थियो, ‘नेपालगन्ज र हाम्रो लागि यो भन्दा खुसिको अर्को क्षण केही हुनै सक्दैन ।’ कारण पनि उनिहरु नै भन्दै थिए, ‘करोडौं हैन अर्बौंको भौतिक पुर्वाधार हामीले पाएका छौं । आठौं पछि यहाँ खेल्ने र प्रयोग गर्ने भनेको हामीले नै त हो ।’ खेल प्रेमीहरु यी पूर्वाधारलाई रकम भन्दा भावनासँग दाँजेर अर्बाैंमा पु¥याइरहेका छन् ।
उनीहरुको चासो छ, यतिका भौतिक पूर्वाधार हामीले पाएका छौँ । हाम्रो आँगनमै यति भौतिक संरचना बनिरहेको छ तर यदि यसको सहि सदुपयोग हुन सकेन भने ? पहिले जस्तै लागुऔषध दुव्र्यसनीको अखडा बन्यो भने ?, खेलकुद विकास समिति निष्क्रिय जस्तै बन्यो भने ? यस्तै खाले कयौं ठुलठुला प्रश्नहरु थिए । सन्देहहरु थिए । जुन शब्दमा चिन्ता स्वरुप निस्किरहेका थिए । किनकी चौथो पछि र आठौं घोषणा अघिको नेपालगन्ज रंगशाला लामो समय खेलाडी आकर्षणको केन्द्र बन्न सकिरहेको थिएन ।
मलाइ भन्न मन लाग्यो दाइ तपाइँहरु जस्तो चिन्तित युवाशक्ति नेपालगन्जमा रहुन्जेल पक्कै हाम्रो रंगशालाले त्यस्तो दुरावस्थाको सामना गर्न नपर्ला । तर यथार्थमा उनिहरुको सन्देह ब्यर्थको थिएन । आठौंले नेपालगन्जलाई दिएको उपहारको हामीले नै सहि सदुपयोग गर्नुपर्छ । हामीले नै संरक्षण गर्नुपर्छ । हामीले नै यी भौतिक पूर्वाधारमा टेकेर आगामी नवौं राष्ट्रिय खेलकुदका लागि खेलाडी उत्पादन गर्न सक्नुपर्छ । हामीले नै चौथोले सृजना गरेको माहोललाई पुनः जागृत गर्नुपर्ने छ । ताकी आउने राष्ट्रिय खेलकुदको संस्करणमा हाम्रो प्रदेश अनि जिल्लाबाट प्रतिनिधित्व गरेका खेलाडीले राष्ट्रिय खेलकुदमा नयाँ रेकर्डहरु बनाउन सकुन् । पदक तालिकामा शिर्ष स्थान देख्ने हाम्रो सपनाहरु पुरा भएका हुन् ।
अनौपचारिक रुपमै आठौं राष्ट्रिय खेलकुद शुरु भैसकेको छ । माहोल खेलकुदमय भैसकेको छ । भाइचारा कायम गर्दै खेलाडीहरु एकआपसमा प्रतिस्पर्धामा आइसकेका छन् । बृहत खेलकुदको महाकुम्भमा नेपालगन्जले धेरै टिम र धेरै खेलाडी उतारेर इतिहास रचिरहेको छ । तर पनि केही ब्यक्ति तथा संघसंगठन यो महा–मेलामा तिक्तता प्रकट गर्दैछन् । सकेसम्म आठौंको बदमासी देखाउने कोसिसमा तल्लीन प्रायः देखिन्छन् । त्यो उनीहरुको कर्म हो । आ–आफ्नो कर्म गर्न हरेक स्वतन्त्र छ । तर हामीले आठौंबाट के पायौं भन्दा पनि हाम्रो नेपालगन्जले के पायो त्यो महत्वपूर्ण प्रश्न हुनेछ । ब्यक्तिगत रुपमा नेपालगन्जको कसैले केही पाउछ भने पनि त्यो नेपालगन्जले नै भजाउन पाउछ ।
तसर्थ, आठौं मेरो नेपालगन्जको इतिहास हो । आठौं मेरो नगरले प्राप्त गरेको उपहार हो । यहि सेरोफेरोमा मेरो बिचारहरु जन्मन्छन । यहि सेरोफेरोमा मेरो प्रश्नहरु जाग्छन । यहि सेरोफेरोमा म गर्वका साथ भन्न सक्छु, मेरो नगरले खेलकुदमा फड्को मार्नेछ । किनकी आठौंले हामीलाई करोडौंको होइन अर्बौंको भौतिक पूर्वाधार दिएको छ । त्यो भन्दा धेरै माहोल दिएको छ अनि सकारात्मक सन्देश सञ्चार गरेको छ ।