पाइन्ट ज्याकेटमा, अलिअलि जुङ्गा, दारी, झट्ट हेर्दा पुुरुष झै देखिने सुदिप गौतमलाई महिला हो भनेर कमैले चिनेका छन् । उनले आप्mनो बास्तविकता बताउँदै भनिन्, ‘जन्मले म छोरी मान्छे तर म आत्माले पुरुष हँु । मलाइ गर्व छ मेरो पहिचानमा ।’ उनको यो भनाइले कार्यक्रममा उपस्थित सबै अचम्ममा परे ।
‘मैले समाजलाई आप्mनो पहिचानलाई प्रमाणित गर्न दारी जँुगा बढाउने हार्मोन सेवन गर्र्दै छु । छोरीबाट छोरा बन्ने मेरो रहर होइन । यो मेरो आत्माको पहिचान हो । जसको मुल्य चुकाउन उनले घर छाडनुपर्यो । आफन्तलाई छोडनुपरयो । समाजमा आफनो पहिचान सहितको आत्मसम्मान पाउन गाह्रो छ । अनेक थरीका आरोप घृणा बीच हामी बाँच्नु पर्छ । कहिले सम्म ?,’ उनले यो प्रश्न गरिरहँदा उत्तर कोही संग थिएन ।
उनी मात्र होइन दुई वर्ष अघिसम्म जीवन खड्का भनेर चिनिने जेशिका खड्का भित्री मनले महिला बन्ने रहर दबाएर बसिन् । ‘सामाजिक बाध्यताले त्यो इच्छा दबाएरै बसे तर कतिन्जेल बस्ने ? हाल म जेसिका खड्का भनेर चिनिन थालेकी छु,’ कोहलपुर नगरपालिका ४ की २२ वर्षीया जेसिकाले भनिन् । विद्यालय जान्थे । शारीरिक स्वभाव महिलाको जस्तो थियो । साथीभाइले मजाकमा उडाउँथे । उनको आत्मबल कमजोर बन्थ्यो । यतिसम्मकी उनले आप्mनो प्रतिभा समेत पहिचानका कारण लुकाएर बस्नुपरयो । उनी तेस्रोलिंगी होइनन् । उनी आफूलाई महिला भन्न बढी रुचाउँछिन् । गीत गाउन पनि उत्तिकै खप्पिस छन् । अनौठो के भने उनी महिला र पुरुष दुवैको आवाजमा गीत गाउँछिन् । डान्स र महिला–पुरुषको स्वरमा गीत गाउन सक्नु उनको फरक क्षमता हो । ‘बिभिन्न ठाउँमा आफनो प्रतिभा देखाउन पाएको छु । निकै खुसी छुँ । पहिले दुःख सहेर बसे, अहिले आएर सपना पूरा हुन थालेको छ,’ उनले भनिन् ।
तेस्रोलिंगीहरूको हकहितमा काम गर्ने संघसंस्थाको सहयोग पाएपछि उनलाई खुल्न सहज भएको खड्काले बताइन् । नेपालगन्जमा बिहिबार आयोजित कार्यक्रममा बोल्दै उनीहरुले आप्mनो अनुभव सुनाएका थिए ।
यौनिक तथा लैङ्गिक पहिचानका विषयमा बोल्दै काम गरेर पनि स्वतन्त्र रुपमा आफनो पहिचान सहित जीवन जिउन नपाएको तेस्रो लिगीहरुले गुनासो गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका समन्वयमा सञ्चालन भएको यौनिक तथा लैगिक अल्पसख्यक समुदाय तथा सरोकारवालाहरु विचको अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागी तेस्रो लिङ्गी यस्तो गुनासो गरेका हुन् । तेस्रो लिङ्गी भएकै कारण राज्यले पहिचान सहितको नागरिकता नदिदा काम गरेर जीवन बाँच्ने आधार नभएको बताउँदै राज्यले नीति नियम बनाउनु पर्ने र नागरिता दिनु पर्ने माग गरेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भुजेलले स्थानीय तहले नै नीति नियम बनाउन सक्ने अधिकार पाएकोले अब स्थानीय सरकाले नै यौनिक अल्पसंख्यकका हितका लागि नीति नियम कार्यक्रम बताउनुपर्ने बताए । कार्यक्रममा महिला तथा बालबालिका शाखा बाँकेका प्रमुख शोभा शाहले यौनिक तथा लैङ्गिक पहिचानका बिषयमा सबै निकाय संवेदनशील भएर कार्यक्रम बनाउनुपर्ने बताइन् ।
सेभ द चिल्ड्रेन र नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा ब्लु डायमण्ड सोसाईटी काठमाडौले कार्यक्रम गरेको हो । यौनिक तथा लैङ्गिक पहिचानका आधारमा कसैले पनि विभेद गर्न नहुनेमा सम्बद्धहरुले जोड दिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँके महिला तथा वालवालिका सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी, जिल्ला मानव अधिकार आयोग, विभिन्न सरोकारवाला संघ सस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा ब्लु डायमण्ड सोसाईटीका केन्द्रीय अध्यक्ष भूमिका श्रेष्ठ तथा मनिशा ढकाल तथा सेभ द चिल्डे«नका कृति थापाले सहजीकरण गरेकी थिइन् ।