आफ्नै पौरखमा रमाएकाहरु

लगानीमा सघाउँदै बैंक

रुपा गहतराज

नेपालगन्ज उपमहानगरपालीका मनीकापुर २० मा बुद्ध चाउमिन उद्योग छ । जुन उद्योगलाई चलाइरहेकी छन् । बिन्दु चर्तीमगर । भातीय सेना परिवारमा बुहारी भएर भित्रिन् । परिवारमा सबै जागीरे । तर, बिन्दुका श्रीमान थिए बेरोजगार । बेरोजगार पति, घरको खर्च । उनलाई त्यही अभाव अनि दुःखले केही गर्ने साहस पलायो । उनी भन्छिन्, ‘थोरै अभाव अनि धेरै साहसले श्रीमान्सँग मिलेर चाउमिन बनाउन सुरु गरे ।’

 

 
सेनाको परिवाार अनुशासन र धैर्यतामा निकै चाहिने । तरपनि परिवारको सहयोग उनले पाइन् । बिहे गरेपछि उनलाइ आफै केही गरु भन्ने सोंच पलायो । बिहे नगर्दै ब्यापारलाई बुझिसकेकी बिन्दुले बिहे गरेर श्रीमान्को घर आएपछि फेरी ब्यबसायलाई सुरु गर्ने योजना बुनिन् । बुवाको सपना अनि आप्mना लागि अवसरको मार्ग तयार गर्न उनले चाउमिन उद्योग संचालन गर्न सुरु गरिन् । १५ लाखको ऋणबाट ब्यबसाय सुरु गरिन २ बर्ष अघि कर्णाली बिकास बैक बाट १५ लाख ऋण लिएर ब्यापारलाई उकासिन् ।

 
२०५९ सालमा चाउमिन उद्योग लिएर अतरिया पुग्दा उनलाई धेरैले पत्याएनन् । तर, उनको लगन अनि विश्वासले नै आज त्यही चाउमिन उद्योग फष्टाएको छ । २०६७ मा नेपालगन्जको राझामा बुद्ध चाउमिन तथा सस उद्योग संचालन गरिन् । अहिले त्यो उद्योगमा ८जना महिलाले रोजगार पाएका छन् । त्यही ब्यापारले सम्पूर्ण घर खर्च तथा छोराको पढाइ अनि कारोबार चलिरहेको छ ।

 
राजनीतिक तथा सामाजिक काम उनको सक्रियता निकै छ । उनको ब्यबसायले नै उनको सामाजिक काम धानिरहेको छ । ब्यवसायले उनको दाम मात्र होइन नाम पनि दिएको छ । । उनले भनिन्, ‘ब्यवसाय आम्दानी गर्ने बाटो मात्र होइन । जीवनलाई नजिकबाट बुभ्mने माध्यम बनेको छ । उनको चाउमिन मध्यपश्चिमदेखि सुदुर पश्चिमका जिल्लामा समेत पुग्ने गर्छ ।’ उनको ब्यापार अनि साहस देखेर उनका आफन्त पनि दङ्ग । आप्mनो उर्जा अनि साहसको प्रेरणा उनी पिता र पति लाई मान्छिन ।उनले भनिन्, ‘पिताको प्रेरणा अनि पतिको साथले आज यहाँसम्म पुगेकी छु ।’
उनका पति सुनिल थापा बैदेशिक रोजगारका लागि देश बाहिर छन् । जीवन धान्न असहज त छैन । उनले भनिन्, ‘तर आप्mनो पौरखमा बाच्नुको मजानै बेग्लै छ ।’ उनका एक छोरा छन् । छोरा पढ्नमा टयाइलेन्ट भएकाले भबिष्यमा छोराका लागि आम्दानी बचत गर्नुपर्ने बताइन् ।

 

 
उनी मात्र होइन नेपलगन्ज उपमहानगरपालीका स्थित बिपी चोककी सरीता बोहरालाई सहकारीको जागिरमा चित्त बुझेन । उनले आफै सिप सिकेर ब्यवसाय गर्न निधो गरिन । अनि सोच पलायो ब्युटिपार्लर खोल्ने । अनि आमाले बनाइदिएको सुन बेचेर ब्युटिपार्लर खोलिन । १८ बर्षको उमेरमा ब्यवसाय सुरु गरेकी उनलाई अरुको अधिनमा भन्दा आप्mनै धुनमा रमाउन मन लाग्यौ । उनी भन्छिन्, ‘अरुको आदेशमा चल्नु भन्दा आफनै सानो भए पनि आफनै ब्यबसाय सुरु गरे । बुवाको सानैमा मृत्यु भएपछि घरको अवस्था ठीक भएन । जागिर न कुनै सिप ।’ त्यही बेला ब्युटिपार्लर नै सहज अवसर लाग्यो उनलाई । २० हजारको पार्लरले बजारलाई धानेन । आधुनिकता र डिमाण्ड बढ्दै गयो । जसका लागि लगानी आवश्यक थियो । उनले सनराइज तथा ग्रामीण बैंकबाट आठ लाखको ऋण लिएर पार्लरलाई अत्याधुनिक पार्लर बनाएकी छन् । अहिले उनको पार्लरमा १५ लाखको लगानी छ ।

 

 
उनी भन्छिन् । बजार र डिमान्ड बढ्दै छ । ब्यबसाय पनि बढाउनुपर्यो । अहिले पार्लरले आम्दानीमात्र होइन आत्मविश्वास पनि बढाएको उनको धारणा छ । बोहरा भन्छिन्, ‘धेरै महिलासंग भेट हुन्छ नयाँ जान्ने अनि बुभ्mने अवसर पाउँछु ।’ उनले पार्लरमा सेवा मात्र होइन, सिप पनि सिकाउँछिन् । उनको पार्लरमा सुर्खेत कालिकोट, रोल्पा सल्यानबाट समेत महिलाहरु ब्युटिपार्लर कोर्स सिक्न आउँछन् । उलने भनिन्, ‘थोरैलाई भएपनि सिप बाँढ्ने अवसर पनि पाएको छु । उनी सिकाउने मात्र होइन आफुपनि सिप पढाउन सिप सिक्न जाने गर्छिन् ।’

 

 
नयाँ नयाँ डिजाइन नयाँ मेकअपका लागि उनी बार्षिक ५० हजार देखि १ लाखको खर्च जोहो गरेर तालिम लिन काठमाडौ जान्छिन् । बोहरा भन्छिन्, ‘सधै एउटै डिजाइन रहन्न नयाँ दिनका लागि नयाँ सिप सिक्नुपर्छ ।’ आज उनको आफै ब्यवसायले उनको जीवन धानिरहेको छ । उनी भन्छिन्, ‘१० बर्षको छोराको भविष्य निर्माण गर्नका लागि पनि कमाउन आवश्यक छ ।’

 

 
सानो होस या ठुलो ब्यवसायका यी आँटिला महिलाले आप्mनै आँटमा जीवन धानेका छन् । गर्जले जीवन धानेका मात्र होइन रहरले ब्यवसाय आँटेका महिला पनि कम छैनन् । जस मध्येकी हुन् नेपालगन्ज उपमहानगरपालिका वडा नं ७ गगनगन्जकी नितु चन्द । घरको आर्थिक अवस्था ठिकै थियो । कुनै अभाव थिएन । तर पनि उनले चुनौती लिन पछि परिनन् । मनले केही गर्नुपर्छ भन्ने आवाजलाई बुलन्द पार्न आफनै लगानीमा आकर्षण बुटिक संचालन गरिन् । उनी भन्छिन्, ‘ब्यापार मेरो लागि रहर भन्दा नि प्यासन हो । त्यही प्यासनले उनलाई थप केही गर्नुपर्छ भन्ने साहस बढायो ।’ १० बर्ष अघि सामुहिक रुपमा संचालन गरेको बुटिक ३ बर्ष अघि मात्र उनले आप्mनो बनाइन् । अनि लगानी पनि थपिन्, ५ लाख । जुन उनले बैकबाट ऋण लगिन् । जुन आप्mनै रिक्समा छ । आम्दानी अनुसार खर्च पनि छ । बजार बढदै छ । उनी भन्छिन्, ‘चार जना कामदारलाई तलब खुवाएर महिनामा ५० हजार देखि एक लाखको आम्दानी बचत हुन्छ । तर सँधै एकनास हुँदैन ।’ थोरै भएपनि आत्मनिर्भर भएकोमा उनलाइ गर्भ लाग्छ । उनी भन्छिन्, ‘आप्mनो खर्चमा आफै रमाएको छु । थोरै भए पनि घरमा पनि सहयोग पुगेको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया